Logo

‘कालो ढुसी’ बाट कसरी बच्ने



एजेन्सी, ९ जेठ । कोरोना भाइरसको संक्रमणमुक्त भएपनि भारतमा फेरी नयाँ रोग देखा परेको छ । जसलाई म्युकर माइकोसिस (कालो ढुसी) भनिन्छ । सामान्य भाषामा यसलाई ब्लैक फंगस पनि भनिन्छ । ब्लैक फंगस नामको यस रोग डायबेटिजका बिरामीमा धेरै पाइएको छ । यो रोग लाग्नुको मुख्य कारण हो स्टेराइड औषधिको धेरै प्रयोग । स्टेराइड औषधि डाक्टरको निगरानीमा मात्र लिनुपर्छ ।

स्टेराइड औषधिले कोभिडका बिरामी चाडैनै संक्रमणमुक्त हुन्छन्, तर ब्लैक फंगस संक्रमणमुक्त भएकाहरुमा पाइएको छ । यो रोगबाट बच्न धेरै सावधानी अपनाउनुपर्छ । आज हामी यसको रोकथामको बारेमा चर्चा गर्नेछौ ।

१.सर्जिकल मास्कको प्रयोग युज एण्ड थ्रो खालको हो । यसलाई उपयोग गरेपछि फालिदिनुपर्छ । कपडाको मास्क एकपटक प्रयोग गरेपछि धोएर, घाममा सुकाएर फेरी प्रयोग गर्न सकिन्छ ।

२.एन–९५ मास्कको प्रयोग पनि एक सिमित समयसम्म गर्नुपर्छ । यस्लाई पनि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

३.ब्रोकाउली, प्याज, बन्दागोबी, टमाटर जस्ता तरकारीमा प्राय ढुसी लागेको हुन्छ त्यसैले नुन पानीले राम्रोसँग धोएर मात्र पकाउनुपर्छ ।

४.त्यस्तै, पानीको जम्मा गर्ने स्थानमा तथा फ्रिजको ढोकामा पनि ढुसी थुप्रिएको हुन्छ । ढुसी देख्ने बित्तिकै सफा गरी हाल्नुपर्छ ।

५.कोरोना संक्रमितले दैनिक नयाँ मास्कको प्रयोग गर्नुपर्छ । मास्क दैनिक सफा गरेर प्रयोग गर्नुपर्छ ।

६.कोभिडबाट मुक्त भएपछि पनि बिरामीले घरमा त्यस्तै ध्यान राख्नुपर्छ । संक्रमित बिरामीको वरिपरि कुनै पनि चिसो हुुनु हुँदैन् । उनीहरुलाई पुर्ण रुपमा सुख्खा स्थानमा राखेर सफाईमा ध्यान दिनुपर्छ । आफ्नो कपडा डिटोल पानीमा धुन सकिन्छ ।

कालो ढुसी रोगको बिरामीको सामान्य उपचार पनि मानिसलाई निकै गाह्रो हुन्छ । तसर्थ धेरै ध्यान पुर्याउनु पर्छ । आफु आफ्नो परिवार र अन्य मानिसलाई पनि यसको बारेमा सचेत बनाउनु पर्छ । Agency



प्रतिक्रिया दिनुहोस्