Logo

कोरोना खोप लगाएपछि साइड इफेक्ट हुन नदिन के खाने



एजेन्सी, ९ जेठ । कोरोना भाइरसबाट बच्ने पछिल्लो समयको एक मात्र उपाय खोप हो । वैज्ञानिकहरुले नडराई खोप लगाउन समेत आग्रह गरेका छन् । तर कोरोनाको खोपको क्रममा केही कुरामा भने ध्यान दिनुपर्छ । निम्न कुरामा ध्यान दिँदा प्रतिरक्षा प्रणाली बढाउनुको साथै साइड इफेक्टबाट भएको दुखाई पनि कम गराउछ ।

लसुन र प्याजः लसुन र प्याज यी दुई चीजलाई खानामा मिसाएर पकाउँदा प्रतिरक्षा प्रणालीमा धेरै लाभ पुग्छ । लसुनमा भिटामिन ६, सी, फाइबर, सेलेनियम, कपर, पोटासियम, फस्फोरस पाइन्छ । त्यस्तै, प्याजमा पनि भिटिामिन सी प्रचुरमात्रामा पाइन्छ ।

अन्नः शरीरलाई सबै अन्नहरुले धेरै फाइदा दिन्छन् । अन्नमा हुने तत्वहरुले साइड इफेक्ट कम गराउछ । खासगरी, खैरो चामल, ओट्स, सातु, मकैलगायतका अन्नहरु लभदायक हुन्छन् ।

पानीः विशेषज्ञको अनुसार खोप लगाउनु भन्दा एक दिन पहिला र केही दिन पछि प्रशस्त पानी पिउनुपर्छ । यसले शरीरलाई हाइड्रेट राख्दछ र साइड इफेक्टको असर कम हुन्छ ।

बेसारः बेसार एक आयुर्वेदिक औषधि हो । यसले धेरै समस्याको समाधानको लागि रामवाणको रुपमा काम गर्छ । खोप लगाएपछि दुधमा बेसार मिसाएर खान सकिन्छ ।

ताजा फलफुलः खोप लिएपछि शरीरमा पानीको मात्रा कम हुन नदिनलाई धेरै भन्दा धेरै फलफुलहरुको सेवन गर्नुपर्छ । विशेष गरी पानी धेरै हुने फल तरबुजा, आँप, चुकन्दर, अनारको सेवन गर्नुपर्छ । यी फलहरुले शरीरलाई शक्ति प्रदान गर्छन् र पानीको कमी हुन दिँदैनन् । Agency



प्रतिक्रिया दिनुहोस्