Logo

बादललाई हराएका खिमलालको खुलासा : मलाई चुनावबाट ब्याक हुन धेरै जनाले थर्काए, कसै कसैको त भ्वाईस रेकर्ड नै राखेको छु



काठमाडौं, ९ जेठ । बाग्मती प्रदेशको राष्टियसभाको उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट ब्याक हुनको लागि धेरै जनाले फकाएको र थर्काएको खुलासा गरेका छन् । उनले त्यसरी थर्काउनेहरुको नाम समयक्रममा आवश्यकत्रा परेमा भन्ने पनि बताएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका छन् । कतिपयको कल रेकर्ड पनि सुरक्षित गरेर राखेको पनि देवकोटाले जानकारी दिएका छन् । उनले निष्ठा र ईमानदारिताको राजनीतिबाट भागेर कोही पनि हिँड्न नहुने बताएका छन् ।

उनले लेखेका छन्-“व्यक्तिगत रुपमा मलाई चुनावबाट back हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । कसै कसैको त voice रेकर्डनै राखेको छु । तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ । लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ ।”



प्रतिक्रिया दिनुहोस्