Logo

जनताले धैर्यताको सिमा तोड्ने बेला आयोः रेखा थापा



काठमाडौं, ९ जेठ । कोरोना भाइरसले विश्वनै यतिबेला आक्रान्त बनेको छ । नेपालमा दैनिक सयौ मानिसहरुले संक्रमणबाट ज्यान गुमाएका छन् । दिनहुँ ८ हजार भन्दा बढी संक्रमित भएका छन् । बिरामीको उपचार गर्ने अस्पताल भरिएका छन् । अस्पतालमा बेड पाउनै मुस्किल छ, बेड पाएपनि अक्सिजनको अभाव छ । सरकार आफ्नो सिट कसरी जोगाउनेमा अल्झिएको कारण पनि जनतामा धेरै निराशा उत्पन्न भएको छ ।

यसैक्रममा राजनितिमा लागेकी नायिका रेखा थापाले आज मानवजाती र महामारीबीचको लडाईमा राजनितिक स्वार्थ सेक्ने लाजमर्दो दौडधुप चलेकोमा आपत्ति जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘ मानवजाती र महामारी बिचको लडाईंमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप पनि चलेकै छ । नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वाश त पाएकै छन (आकार फरक होला)। प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यर्थाथ फेरिदैनन ।’

राजनितिले आफुलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुञ्जेल जनता सधै निरिह रैति मात्र हुने रेखाको भनाई छ । अभिनेत्री रेखा थापाले अगाडी लेखेकी छिन्, ‘ यस्तो बेलामा पदको पछाडि होइन आफुले पाएको मत र मतदाता बाचउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ?

लाखौ मानिसहरुले मत दिएका नेता तथा पार्टीहरु गुनासो र गाली गर्ने चौतारी भएको जिकिर गर्दै उनले लेखेकी छिन्, ‘ लाखौं मान्छेले मत दिएका माननिय अनी पार्टिहरु– गुनासो र गाली गर्ने चौतारो हुन, लासहरुले पनि हृदय नछुने पापी ब्यबस्थामा अब राजनीति झन घ्रिणित हुने देखिन्छ ।’

जनताले आफ्नो धैर्यताको सिमा तोडने बेला आएको भन्दै उनले अगाडी लेखेकी छिन्, ‘ यिनी अनुहार सिंहदरवार छिरेको कती बर्ष भयो ? जनताको रक्षाको लागि यिनिहरुले आफ्नो आफ्नो पालामा के के गरेका थिए? अस्पातल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को को जिम्मेवार छन ? हिसाब ब्यक्ती र ब्यबस्था दुइटैको हुनु पर्छ । जनताले आफ्नो धैर्यताको सिमा तोडने बेला आएन र ?



प्रतिक्रिया दिनुहोस्

Screenshot