Logo

दीलिप रायमाझी र रमित ढुंगानाद्वारा शरणार्थी शिविरमा खाद्यान्य वितरण



काठमाडौं, ९ जेठ । नेपाली चलचित्र उद्योगका चर्चित नायकहरु दीलिप रायमाझी र रमित ढुंगानाले मोरङमा रहेको भुटानी शरणार्थी शिविरमा खाद्यान्य वितरण गरेका छन् । द्वय अभिनेताले प्रथी शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा रहेका १७ सय घरधुरीलाई खाद्यान्य वितरण गरेका हुन् ।

यो राहत नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले संचालन गरेको ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ तर्फबाट दुई अभिनेताहरुले वितरण गरेका हुन् ।

१० केजी चामल, १ किलो नुन, १ लिटर तेल, १ किलो दालको दरले १७ सय घर धुरीलाई खाद्यान्य वितरण गरेको फाउन्डेसनले जनाएको छ। आगामी दिनमा फाउन्डेसनले ८० वर्ष नाघेका बृद्वबृद्वाहरुलाई भत्ता दिने र अशक्तलाई प्रत्येक महिना भत्ता दिने तयारी गरेको छ । शिविरमा ५० हजार मास्क र ५ हजार सेनिटाइजर बितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्