Logo

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री गुरुङद्वारा शपथ ग्रहण



गण्डकी, ९ जेठ: गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उनलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

गुरुङ यहि जेठ ५ गते बुधबार गराइएको शपथ ग्रहण समारोहमा काठमाडौँ भएका कारण उपस्थित हुन सकेका थिएनन् । नेकपा (एमाले)को समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गुरुङ यसअघिको प्रदेश सरकारको पनि केही दिन युवा तथा खेलकूदमन्त्री भएका थिए ।-रासस



प्रतिक्रिया दिनुहोस्