Logo

साढे ११ अर्बको कारोबार सहित ३२ अंकले बढ्यो नेप्से



काठमाडौं, ९ जेठ । शेयर बजारमा आज साढे ११ अर्ब भन्दा बढीको कारोबार भएको छ । साताको कारोबारको पहिलो दिन आज ३२ दशमलव ८१ अंकले परिसुचक बढेर २८ सय २० उच्च विन्दुमा रोकिएको हो । यो हालसम्मकै उच्च विन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८.२३ अंकले बढेर ५०७ उच्च विन्दुमा पुगेको छ ।

नेप्से सुचक अनुसार आज २२० कम्पनीको १ लाख २६ हजार १२४ पटक शेयर कारोबार भएर ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लख ६३ हजार ६६० कित्ता शेयर खरिद विक्रि भएको छ।

आज सर्वाधिक शेयर कारोबार हुँदा होटल तथा टुरिजम, निजीबन बीमा र लघुवित्तको नेप्से सुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्