Logo

संसद विघटनविरुद्ध तयार रिट भोलि दर्ता हुन्छ, १४९ भन्दा बढि सांसदको हस्ताक्षर छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ९ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले भोलि विहानमात्रै अदालतमा रिट दर्ता गर्ने बताएका छन् । त्यसको लािग १४९ भन्दा बढि सांसदहरुको हस्ताक्षर रहेको दाबी गरे ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने-“एक सय ४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ । हामी रिटको तयारी भैरहेको छ । मस्यौदा तयारी अन्तिममा पुगेको छ । बेलुकासम्म त्यो टुँग्गिदैछ । फिजिकल्ली नै उपस्थित् भएर भोलि हामी अदालतमा रिट दर्ता गर्न जाने अन्तिम तयारी भएको छ । डकुमेन्टहरु, नागरिकता, प्रतिलिपीहरु तयार गर्ने काम करिब करिब सकिन लागेको छ । बेलुकासम्म सकिन्छ । आजै जाने हाम्रो तयारी थियो । त्यसकारण भोलि विहान फष्ट आवरमा जान्छौं । कोही पनि भ्रममा नपरौं, अस्ति हस्ताक्षर गर्ने साथीहरुमात्रै होईन, अरु पनि थपिनुभएको छ । संख्या घटेको छैन् ।”



प्रतिक्रिया दिनुहोस्