Logo

आज १६ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार



काठमाडौं, ९ जेठ । साताको कारोबारको पहिलो दिन आज  ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लख ६३ हजार ६६० कित्ता शेयर खरिद विक्रि भएको छ । नेप्सेको अनुसार आज १६ कम्पनीको सकरात्मक सर्किटमा कारोबार भएको छ ।

आइतबार कर्णाली डेभलपमेन्ट बैंकको १० प्रतिशतले शेयरमुल्य बढेको छ । बैंकको शेयरमुल्य २८६ रुपैयाँले बढेर २८६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, ग्रीड डेभलपमेन्ट बैंकको २७५ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भई १० प्रतिशतले शेयर मुल्य बढेको छ ।

महालक्ष्मी विकास बैंकको ३४२ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भई ९.९ प्रतिशतले शेयुरमुल्य बढेको छ । यसैगरी, आज साग्रीला डेभलपमेन्ट, युनाईटेड कर्णाली डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, इदी मार्दी, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्