Logo

माधव नेपालले ‘डुब्लिकेट पार्टी खोलेर छद्म खेल खेलेको’ ओलीको आरोप



काठमाडौं, ९ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि कडा कारबाही हुने बताएका छन् । उनले आज प्रेस चौतारीको आयोजमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालसहित उनीपक्षीय नेताहरुमाथि कारबाही हुने बताएका हुन् ।

‘अति नै भयो अब कारबाही हुन्छ,’ ओलीले कडा शब्दमा भने,‘माधव नेपालको नेतृत्वमा निर्लज्जता प्रदर्शन भयो ।’ उनले नेपालले कार्यकर्तालाई गलत क्रियाकलापमा डुबाउने, फसाउने र बागी उठाउने गरेको आरोप लगाए ।

नेपालले लाजमर्दो तरिकाले वरिष्ठ नेता भन्दै शितलनिवास पुगेको टिप्पणी गरे । नेपालले छद्म खेल खेलेको आरोप समेत लगाए । उनले भने,‘डुब्लिकेट पार्टी दर्ता गरेको छ ।’



प्रतिक्रिया दिनुहोस्