Logo

नेप्से ३२ अंकले बढ्दा यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ९ जेठ । आज नेप्से परिसुचक १ दशमलव १८ प्रतिशत अर्थात ३२ दशमलव ८१ अंकले बढ्दा ११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको १६ सय ७८ रुपैयाँ मुल्य कायम भई ४१ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड १४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । इन्स्योरेन्सको १२ सय ९५ रुपैयाँ प्रतिशेयरमुल्य कायम भएको छ ।

यसैगरी, ज्योति विकास बैंकको ३२६ रुपैयाँ प्रतिशेयरमुल्य कायम भई २३ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । आज मेगा बैंक, गरिमा विकास बैंकलगायतको शेयर कारोबार उच्च भएको हो ।



प्रतिक्रिया दिनुहोस्