Logo

केशरबहादुर बिष्टको राष्ट्रिय शक्ति नेपालले भन्योः प्रतिनिधि सभा विघटन राष्ट्रघाती कदम (विज्ञप्तिसहित)



काठमाडौं, ९ जेठ । पूर्वमन्त्री केशरबहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचन घोषणाको कदमलाई राष्ट्रघाती भनेको छ । आज एक वक्तव्य जारी गर्दै बिष्टले आफ्नो निजी राजनैतिक स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई अराजक र अन्यौलको स्थितिमा पुर्याएको टिप्पणी गरेका छन् ।

बिष्टले संविधान विदेशीको प्रभावमा लागू भएकाले खारेजीको माग समेत गरेका थिए । संविधानमा रहेको समस्याले अहिलेको अवस्था सृजना भएको उनको तर्क छ ।
विगतमा गल्ती भएको भन्दै बिष्टले राजस्ंस्था पुनःस्थापित गर्न अग्रसर हुन आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्