Logo

नागरिकतामा ओली सरकार लचिलोः अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने



काठमाडौं, ९ जेठ । अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा नेपाल नागरिकता अध्यादेशलाई जारी गरेपछि नागरितासम्बन्धी नयाँ व्यवस्था भएको हो ।

नागरिकतासम्बन्धी फरक प्रकारको व्यवस्था भएको भन्दै जसपाले विरोध गर्दै आएको छ । नागरिकता दिंदा समानता देखाउनुपर्ने जसपाको माग रहँदै आएको छ ।

ओली सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमति अनुसार अध्यादेश ल्याइएको हो । जसपाले राखेको मागमध्ये नागरिकतसम्बन्धी विषय पनि थियो ।



प्रतिक्रिया दिनुहोस्