Logo

मनाङे दोस्रोपटक मन्त्री



काठमाडौं, ९ जेठ । दिपक मनाङेले दोस्रोपटक मन्त्री पदको शपथ लिएका छन् । आज उनले गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको शपथ लिएका हुन् ।

५ जेठमा दोस्रोपटक मन्त्री नियुक्त मनाङे काठमाडौं भएका कारण शपथ लिन पाएका थिएनन् । उनलाई आज प्रदेश प्रमुख सीता पौडेलले शपथ गराइन् ।

यसअघि मनाङे १० दिनका लागि मन्त्री भएका थिए । गण्डकी प्रदेशको मनाङ ख बाट उनी प्रदेश सभामा विजयी भएका थिए । स्वतन्त्र सांसद मनाङेलाई प्रदेशको संसदीय अंकगणितमा निर्णायक भएपछि मन्त्री बन्ने मौका आएको थियो । उनी नेकपा एमालेमा आवद्ध छन् ।

ग्याङस्टरबाट राजनीतिमा प्रवेश गरेका मनाङे पटक पटक जेल समेत परेका थिए । उनीविरुद्ध अपहरण र ज्यान मार्ने उद्दोगमा मुद्दा दर्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्