Logo

म कति नम्बरमा !



हरेक दिन विहान उठ्ने बित्तिकै मोवाईल हेर्दथेँ, अनि आँखा म्यासेन्जरमा नै डुल्थ्यो । म्यासेज हेर्नुको कारण उनै थियो । सधै गुडमर्णिङ नानु भनेर आउने ठाउँ आज खाली थियो ।

विहान उठेपछि उसको म्यासेज नदेख्दासम्म खुशी नहुने बानी परिसकेको रहेछ, त्यसैले होला म्यासेज नआएपछि निरास भएँ । केहि गर्नै मन लागेन । यस्तो लाग्यो थाहा छैन आज दिन कस्तो हुने हो ।

हुन त हिजो उ सँग झगडा परेको थियो, तर माया त माया हो नि किन सक्थेँ र म एकै दिनमा जेसुकै होस भनेर बस्न । अरु बेला भए त तुरुन्तै कल गर्थे । आज मैले पनि केहि गरिन । न एसएमएस गरे न कल नै ।

सधैँ म किन उनी प्रति यस्तो पागल हुँदैछु भन्ने महसुुस भयोे । हुनत उसको बानी नै थियो आफ्नोलाई भन्दा बाहिरी व्यक्तिलाई राम्रो गर्ने । म सगँ रिलेसन जोडीए पछि पनि उसको सम्बन्ध धेरै केटीसगँ थियो ।

एउटीसगँ त म आफै बोलेकी थिए त्यो पनि बहिनी हुँ भनेर । उसका प्रियसीका तस्वीरहरु कती त उसको घरमा जाँदा देखेकी थिए फोटो एल्बममै सजाएर राखेको रहेछ । उसकै आमाले भन्नुभएको थियो उनीहरुका बारेमा । त्यो देख्दा कति पिडा भयो बताउन म सगँ शब्द छैन ।

मनमा पिडा भए पनि अरुलाई देखाउन सक्दिनथेँ म । हाम्रो प्रेमको बारेमा सबैलाई थाहा भै सकेको हुँदा म उसको नराम्रा बानिहरु अरुलाइँ बताउनै सक्दिनथे । यसको फाइदा निकै लियो उसले । यतिसम्म कि मसगँ बिहे गर्ने कुरा पछि उसका धेरै गलफ्रेन्ड बनेका थिए ।

ऊ त अरुलाई मेरो कोहि छैन भन्दै गफ दिने गरेको रैछ । एक दिन उसको मोबाइल लुकाएर हेरेकि थिए । उसको मोवाइल हातमा लिँदैमा काँपेका मेरा हात त्यस भित्रका म्यासेज पढेपछि पुरै शरिर नै काप्न थाले । म त होस उँडेको मानिस जस्तै भएछु एकछिन त ।

उसले अरु केटीलाई गर्ने सम्बोधन कालु, लाटी, माया, नानु यस्तै केके केके । को केटीलाइ मनपर्छ होला आफ्नो हुनेवाला श्रीमानले अरुलाई पनि आफुलाई जस्तै शब्दहरु प्रयोग गरेर बोलेको । दिन प्रतिदिन उसको कारण मेरो मन टुट्दै गएको थियो । हरपल हरक्षण उ सँगै बस्ने चाहाना राख्ने, उसै सगँ जीवन बिताउने सपना सजाएकी म अब विस्तारै ऊ बाट टाढा हुने चाहना राख्न थालेँ ।

ऊ पो दुनियासगँ रमाउथ्यो मैले त केवल उसलाई मात्र माया गरेकी थिएँ । अरुले त पहिले नै भनेका थिए यो केटाको अरु बानि त ठिक तर केटि भनेपछि मरिहत्ते गर्छ भनेर । अरुले भनेको सुरुमै नमान्दा आज मायामा धोका पाएँ विश्वास गर्दा चोट पाए । अब मेरो लागि मायामा हुने विश्वासप्रति नै विश्वास रहेन ।

हरेक दिन रुँदै भएपनि ऊ बाट टाढा भएँ । उसको याद त अझै पनि आउछँ मलाई । सुनेको छु उ त अझै पनि नयाँ नयाँ केटीको खोजिमा हुन्छ रे । म भने अझै उसको यादमा छु । के गर्नु उ जस्तो बन्न सकिन । कुनैदिन भेट भयो भने सोध्न मन् छ–उसको म कति नम्बरमा परेकी थिएँ ?



प्रतिक्रिया दिनुहोस्