Logo

एसिया कप क्रिकेट प्रतियोगिता स्थगित



जेठ ९, काठमाण्डौ । सन् २०२२ मा तय भएको एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गर्दै २०२३ मा आयोजना गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ । श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा आयोजना गरिने तय थियो ।

गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप कोरोना भाईरसको कारण एक वर्ष स्थगित गरिएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्