Logo

महन्थ-महतो गुटलाई खुशी तुल्याउन ओलीले नागरिकताजस्तो संवेदनशील विषयलाई हतियार बनाए : भीम रावल



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का नेता भीम रावलले कामचलाउ प्रधानमन्त्रीले नागरिकतासम्बन्धी विद्येयक ल्याउनु आपत्तिजनक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो भनार्य राख्दै उनले यस्तो धारणा राखेका हुन् । नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

ओलीले आफ्नो पद जोगाउनको लागि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई खुशी तुल्याउन नागरिकताजस्तो संवेदनशील विषयलाई हतियार बनाएको पनि उनको टिप्पणी छ । उनले उक्त कदम निन्दनीय भएको पनि बताएका छन् ।

रावलले ओलीको यो कदमलाई राष्टिय हितविपरित बेवास्ता गर्ने र आफ्नो सत्ता स्वार्थको लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्टघाती प्रवृत्तिकै द्योतक भएको पनि दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्