Logo

गोकुल बाँस्कोटाको टिप्पणी :…तर टाट राष्ट्रवादीले नथाकुञ्जेल बहस गरेकै ठीक



काठमाडौं, १० जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले संविधान र नागरिकतासम्बन्धी अध्यादेशका प्रावधान सँगै राखेर तुलना गर्न सुझाव दिएका छन् । नागरिकतासम्बन्धी अध्यादेश आएपछि सामाजिक सञ्जालमा आलोचना र विभिन्न टिकाटिप्पणी भैरहेको बेलामा नेता बाँस्कोटाले यस्तो धारणा बाहिर ल्याएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“संबिधान र अध्यादेशका प्रावधान सँगै राखेर तुलना गरौ अनि मात्र नागरिकता संबन्धी बहस गर्दा आग्रह बाहेकको बहस गर्न सजिलो होला नत्र फ्याक्ट फाईण्डिङ्ग होईन फोस्रो बौध्दिक विलासीतामा रमाउन पुगिन्छ।तर टाट राष्ट्रवादीले नथाकुञ्जेल वहस गरेकै ठिक।”



प्रतिक्रिया दिनुहोस्