Logo

विपक्षी गठबन्धन सर्वोच्च जाँदै, देउवाद्धारा वारेसानामा हस्ताक्षर (फोटोफिचर)



काठमाडौं, १० जेठ । विपक्षी गठबन्धन कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालत जाँदैछ । त्यसको लागि आवश्यक सबै प्रक्रिया पूरा भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले) को माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव समूह र जनमोर्चा गरी विपक्षी पाँच दलका सांसदहरु रिट हाल्न सर्वोच्च जान लागेका हुन् । अहिलेसम्म माधव नेपाल पक्षका २४ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेका छन्।

कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा कागजात, प्रमाण, वारेसनामा लगायतको तयारी भैसकेको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार अहिले विपक्षी गठबन्धनका सांसदहरू वारेसनामा भर्दैछन् ।

विपक्षी गठबन्धन १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । अदालतमा रिट हाल्दा भने यो संख्या बढ्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनाएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम