Logo

प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतीमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे : डा. आचार्य



काठमाडौं, १० जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपाललाई फिजीको नियतीमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको टिप्पणी गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री राष्ट्रघातको कित्तामा उभिएकै दिनदेखि आफूहरुले विरोध गरेको पनि उल्लेख गरेका छन् । तर, ओलीको गुट र कार्यकर्ताहरु आफूहरुविरुद्ध खनिएको उनको भनाई छ ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-“ओली राष्ट्र घातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यो । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।”



प्रतिक्रिया दिनुहोस्