Logo

विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा.बानिरा गिरीको निधन



काठमाडौं, १० जेठ । विद्यावारिधि (पिएचडी) गर्ने नेपालकी पहिलो महिला डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । गिरीको आइतबार राति १० बजे नयाँबानेश्वर स्थित निजामती अस्पतामा उपचारको क्रममा निधन भएको हो ।

केही वर्षदेखि अल्जाइमर्स रोगसँग जुध्दै आएकी गिरीको ३ हप्ता अगाडीबाट कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार भैरहेको थियो । कोरोना संक्रमण भएपनि निधन भने ह्दयघातको कारण भएको परिवार स्रोतले जनाएको छ । नेपालको विद्यावारिधि गर्ने पहिलो महिलाको रुपमा चिनिन्छिन् । उनका छोरा, छोरी र श्रीमान छन् ।

 



प्रतिक्रिया दिनुहोस्