Logo

यी हुन् हस्ताक्षर नगर्ने एमालेका ३ सांसद



काठमाडौं, १० जेठ । बहुमतको सरकार गठनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा हस्ताक्षर गरेका ३ एमाले सांसदले आज रिट दायर गर्ने बेलामा हस्ताक्षर गरेनन् । उनीहरुले विभिन्न बहानामा रिट दायर गर्न हस्ताक्षर गर्न नमानेका हुन् । यसअघि एमालेको माधव नेपाल समूहका २६ जनाले हस्ताक्षर गरेकामा ३ जना घटेका छन् ।

हस्ताक्षर गर्न नगएकाहरुमा माधव नेपालसँग लामो समय निकट रहेका गोकर्ण बिष्ट पनि छन् । उनी नेपालकै साथ पाएर पटक पटक मन्त्री बनेका थिए । एमालेको नवौं महाधिवेशनमा बिष्ट नेपाल समूहबाट सचिवमा निर्वाचित भएका थिए ।

यसैगरी, झापाबाट निर्वाचित पवित्रा निरौला खरेल पनि हस्ताक्षर गर्न गइनन् । उनको अनुपस्थितिलाई निकै अर्थपूर्ण मानिएको छ । पवित्राका पति नरेश खरेल विगतमा झापा जिल्ला सभापतिको उम्मेदवार हुँदा ओली समूहको अन्र्तघातमा परेको चर्चा एमालेवृत्तमा अझै चल्दैछ ।

गणेश पहाडी पनि हस्ताक्षरमा पुगेनन् । उनी सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित सांसद थिए । नेपाल समूहमा लामो समययता रहेका उनी हस्ताक्षर गर्न नजानुलाई अर्थपूर्ण मानिएको छ ।

नेपाल समूहका सुरेन्द्र पाण्डे भने हस्ताक्षर गर्न गएका छन् । उनले अन्तिम समयमा नेपाललाई नै साथ दिने निर्णय लिएको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्