Logo

कोरोना प्राकृतिक नभई कृत्रिम भएको अमेरिकी विशेषज्ञको निष्कर्ष



एजेन्सी, १० जेठ । अमेरिकाका विशेषज्ञ डा. एन्थोनी फौचीले नोबेल कोरोना भाइरस प्राकृतिक रोग नभएको जिकीर गरेका छन् । कोरोना भाइरस स्वभाविक रुपमा विकसित नभएको भन्दै उनले भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न माग गरेका हुन् ।

‘कोरोना भाइरस स्वभाविक रुपमा विकास भएको होइन्, चीनमा के भयो भनेर यसको अनुसन्धान गरिनुपर्छ ।’ जो बाइडेन प्रशासनको यु्नाइटेड फैक्ट्स् अफ अमेरिका फेस्टिभल अफ फेक्स चेकिङको कार्यक्रममा बोल्दै डा.फौचीले भने, ‘जबसम्म यसको उत्पत्तिको कारण पत्ता लाग्दैन तबसम्म अनुसन्धान जारी राख्नुपर्छ ।’

फक्स न्युजलाई उद्वत गर्दै भारतीय मिडिया वेबदुनियाको अनुसार डा. फौचीले हालसम्म अनुसन्धान गर्नेहरुले जनावरको भण्डारणबाट उत्पन्न भएको भाइरसले मानिसलाई संक्रमित गराएको समाचार आएको भन्दै अब यस बारेमा अझ धेरै अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् । उनले आफु सबै प्रकारका छानबिनको पक्षमा भएको पनि स्पष्ट पारेका छन् ।

कोरोना भाइरस प्रयोगशालामा सीरियल पास हुन सक्दैन भनी फौचीले सोधेको प्रश्नमा अमेरिकाका राष्ट्रिय एलर्जी तथा संक्रामक रोग संस्थानका निर्देशकले पुर्णरुपमा अनुसन्धानको पक्षमा रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्