Logo

रामदेवद्वारा एलोपेथी औषधिबारे दिएको अभिव्यक्ति फिर्ता



एजेन्सी, १० जेठ । योग गुरु रामदेवले एलोपैथिक औषधिबारे दिएको आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । उनले दिएको अभिव्यक्तिमाथि चिकित्सक बिरादरीले कडा विरोध गरेका थिए ।

रामदेवले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै केन्द्रिय स्वास्थ्य मन्त्री हर्षबर्धनको पत्रको जवाफमा रामदेवले यो विषय शान्त पार्न आफ्नो अभिव्यक्ति फिर्ता गरेको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रीले एलोपैथीको बारेमा रामदेवले दिएको अभिव्यक्ति ‘धेरै दुर्भाग्यपुर्ण’ भएको भन्दै फिर्ता लिन आग्रह गरेका थिए । इन्डियन मेडिकल एसोसियसनबाट शनिबार भाइरल भएको भिडियोलाई उद्र्वत गर्दै रामदेवले एलोपेथीलाई ‘फोहोरी विज्ञान’ भनेर दाबी गरेका छन् । उनले भारतमा कोरोना भाइरस नियन्त्रणको इजाजत पाएका रेम्सिडिभिर, फेवीफ्लु जस्ता औषधी कोभिड–१९ का बिरामीको उपचार गर्न असफल भएका पनि भिडियोमा बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्