Logo

सर्वोच्चमा विपक्षी गठबन्धनद्वारा दायर रिट यस्तो छ



काठमाडौं, १० जेठ । प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गर्न विपक्षी गठबन्धन सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा देउवालाई बहुमतको प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक ठहर गर्दै पुनःस्थापनाका लागि परमादेश जारी गर्न भनिएको छ ।

रिट निवेदक विघटित प्रतिनिधि सभाका १४६ सांसद पुगेका छन् । उनीहरु आफै सशरीर पुगेर वा वारेशनामामार्फत् रिट निवेदन दर्ताका लागि पुगेका हुन् ।
नेपाली काँग्रेसबाट ६१, नेकपा माओवादी केन्द्रबाट ४९, नेकपा एमालेका २३, जनता समाजवादी पार्टीबाट १२, र राष्ट्रिय जनमोर्चाका १ गरी १४६ को हस्ताक्षर भई रिट दायर भएको छ ।

रिट दर्ताका लागि विघटित प्रतिनिधि सभाका १४९ जना सांसद संख्याको हस्ताक्षर पुग्ने अपेक्षा गरिएकोमा १४६ को मात्र पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्