Logo

नेप्सेले राख्यो हालसम्मकै नयाँ रेकर्ड, परिसुचक र कारोबार दुवै उच्च



काठमाडौं, १० जेठ । आज नेप्सेले परिसुचक र कारोबार दुवैमा नयाँ रेकर्ड रोखेको छ । नेप्सेमा आज १३ अर्ब १९ करोड भन्दा बढी कारोबार भई परिसुचक १८ सय २३ दशमलव ०६ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च हो ।

आज (सोमबार) नेप्से ० दशमलव ११ प्रतिशत अर्थात ३ दशमलव ०७ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १.३१ अंकले बढेर ५०८ दशमलव ४९ विन्दुमा पुगेको हो ।
नेप्से परिसुचक अनुसार आज २१६ कम्पनीको १ लाख ३६ हजार ४९९ पटक कारोबार भएर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको २ करोड ७१ लख ४० हजार २०२ कित्ता शेयर खरिद विक्रि भएको छ ।

१३ अर्ब भन्दा बढीको नेप्सेमा कारोबार हुँदा बैंक, हाइड्रोपावर, निर्जीवन बीमा,म्यर्चुअल फण्ड र इन्भेष्टमेन्ट उपसमुहको बाहेक अरु ८ समुहको सुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्