Logo

लिसेस्टरको हारले चेल्सीलाई च्याम्पियन्स लिगमा मौका



एजेन्सी, १० जेठ । इंग्लिस प्रिमियर लिग फुटबलको सिजनको अन्तिम खेलहरु निकै रोचक रहे । लिग विजेता बनिसकेको म्यानचेस्टर सिटी र दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाइसकेका थिए । तर, तेस्रो र चौंथो स्थानका लागि तीन टोली प्रतिष्पर्धामा थिए ।

लिभरपुलले क्रिस्टल प्यालेसमाथि २० को जीत निकालेर च्याम्पियन्स लिगमा स्थान पक्का गर्न सक्यो । उसलाई जीत्नैपर्ने दबाब थियो ।

जित्नैपर्ने दबाबमा रहेका चेल्सी र लिसेस्टर सिटी दुवै पराजित भए । सिजनको अन्तिम खेलमा लिसेस्टरले सुरुमा टोटनहामसँग घरेलु मैदानमा अग्रता बनाएको थियो । तर, बेलले अन्तिमतिर दुई गोल गरेर लिसेस्टरलाई ४२ ले स्तब्ध पारे । टोटनहाम पनि युरोपियन लिगमा स्थान बनाउन जीत्नैपर्ने दबाबमा थियो ।

चेल्सी पनि जीतको दबाबमा थियो । तर, उसले पनि एस्टर भिल्लासँग २१ को पराजय भोग्यो । तर, लिसेस्टरको हारले चेल्सीलाई फाइदा पुग्यो ।

यसपटकको सिजनमा फलहाम, वेस्ट ब्रोम र सेफड युनाइटेड रेलिगेशनमा परे ।



प्रतिक्रिया दिनुहोस्