Logo

सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय



काठमाडौं, १० जेठ । नेकपा (एमाले) ले सुदुरुपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको छ। बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई तुरुन्तै फिर्ता हुन समेत निर्देशन दिएको छ ।

त्यस्तै, आजको बैठकल माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना सांसदलाई पार्टीबाट निश्काषित गरेको छ। सुदुरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार छ । त्यहाँ त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । पछिल्लो समय केन्द्र सरकार र सुदुरपश्चिम सरकारबीच द्धन्द्ध पनि बढेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्