Logo

केपी ओली प्रधानमन्त्री नै होईन, उहाँले चुनाव घोषणा गर्नै पाउनुहुन्न : गगन थापा (भिडिओसहित)



काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले केपी शर्मा ओलीले चुनाव नै घोषणा गर्न नपाउने स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“केपी शर्मा ओलीले यो चुनावको घोषणा गर्नै पाउनुहुन्न, उहाँ प्रधानमन्त्री नै होईन् । उहाँले संविधानको धारा ७६ को ३ को आधारमा विश्वासको मत प्राप्त, कि उहाँले विश्वासको मत प्राप्त गर्नुपर्दथ्यो, वा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसलाई छोड्नुपर्दथ्यो । ७६ को ३ बाट नछोडिसकेपछि धारा ७६ को ५ को प्रधानमन्त्रीको रुपमा दाबी गर्ने उहाँसँग संवैधानिक, राजनैतिक, नैतिक कुनै हक नै थिएन । राष्टपति त्यो दिन उहाँलाई तपाईँले दाबा नै गर्न पाउनुहुन्न, किर्ते जालसाजी त धेरै उताको कुरा भयो । राष्ट्रपति आँफैपनि किर्तेको साझेदार भैसकेपछि उहाँले किन त्यस्तो भन्नुहुन्थ्यो र ? त्यसकारण मेरो ठाउँबाट, हाम्रो ठाउँबाट हेर्दा त टेक्निकल्ली प्रधानमन्त्री त भन्नैपर्यो । तर, केपी शर्मा ओली, श्रीमान खड्ग प्रसाद ओली त्यो हिसाबले हाम्रो संविधानले वास्तवमा चिन्ने प्रधानमन्त्री नै होईन् । हामी त न्यायिक निरुपणको लागि अदालत गएको हो ।”



प्रतिक्रिया दिनुहोस्