Logo

गोली प्रहारबाट घाइते माओवादी नेताको मृत्यु



कपिलवस्तु, जेठ ११ । गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

पाण्डेलाई भैरहवास्थित मेडिकल कलेजमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयले हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो ।पाण्डेलाई बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो ।

उनको शरीरका दुई ठाउँमा गोली लागेको थियो । गोली हान्ने दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् ।



प्रतिक्रिया दिनुहोस्