Logo

विभाजित एमालेमा को कता (नामावलीसहित)



काठमाडौं, ११ जेठ । नेकपा एमाले विभाजित भएको छ । हिजो ओली पक्षीय स्थायी कमिटी बैठकले नवौं महाधिवेशनपछि वरिष्ठ नेता मनोनित भएका माधवकुमार नेपाल र झलनाथ खनाललाई निष्काशन गर्ने निर्णय भएपछि विभाजित भएको हो । अब नेपाल र खनाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् ।

कलम चिन्ह मागेर वैशाखको पहिलो हप्ता दर्ता भएको नेकपा एकीकृत नै नेपाल र खनालको दल हुने बुझिएको छ । कलम चिन्ह लिएर दल खोल्ने यसअघि नै खाका तयार भएको थियो । अब यसले केही दिनमै मूर्त रुप लिदैछ ।

नेपाल खनाल समूहमा एमालेमा लामो राजनीतिक गरेका हस्तीहरु हुनेछन् । जसमा भीम रावल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, डा. विजय पौडेललगायत हुने बुझिएको छ ।
सम्भवत वामदेव गौतम पनि अध्यक्ष या सहअध्यक्ष बनेर नेकपा एकीकृतमा रहनेछन् । गौतम ओलीसँग सन्तुष्ट छैनन् ।

गोकर्ण बिष्ट र योगेश भट्टराईलाई पनि नयाँ दलमा महत्वपूर्ण जिम्मेवारी दिने गरी तान्ने प्रयास भइरहेको बुझिएको छ । बिष्ट ओली समूहमा नबस्ने सम्भावना बलियो छ । तर, भट्टराई भने अलमलमा छन् । उनले पछिल्लो समय नेपाललाई साथ दिन मानेनन् । बिष्टले पनि साथ दिएनन् तर नियमित सम्पर्कमा रहेको बताइरहेका छन् ।

गोकर्ण बिष्ट र योगेश भट्टराई पनि नवौं महाधिवेशनका निर्वाचित पदाधिकारी हुन् । उनीहरु मध्यमार्गी धारमा छन् ।

विभाजित एमालेमा नवौं महाधिवेशनका पदाधिकारी दुवैतर्फ आधा आधा जस्तो रहने देखिएको छ । केही पूर्व पदाधिकारीले कुन पक्षमा लाग्ने टुंगो लगाइसकेका छैनन् । जसमध्ये गोकर्ण बिष्ट र योगेश भट्टराई मुख्य छन् ।

एमालेको विघटित प्रतिनिधि सभाका सदस्यहरुमध्ये नेपाल समूहमा ३० को हाराहारीमा रहने देखिएको छ । २३ जना खुलेरै नेपाल समूहमा लागेका छन् । बाँकी ओली समूहमा रहने सम्भावना छ ।

नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीमध्ये ५ जना पदाधिकारी ओली पक्षमा छन् । गोकर्ण बिष्ट र योगेश भट्टराई कता लाग्ने हुन् प्रतिक्षाको विषय छ ।

यथास्थितिमा ५ जना पदाधिकारी माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली भएको थियो । निर्वाचित उपाध्यक्ष बामदेव गौतम अहिलेसम्म तटस्थ छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटिमा ९ जना ओली पक्षमा छन् भने १२ जना नेपाल पक्षमा छन् । २ जनाको अझै टुंगो लागिसकेको छैन । नेपाल समूहबाट महासचिवको चुनाव लडेका सुरेन्द्र पाण्डे नेपाल समूहमै छन् ।

केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१.केपी ओली, अध्यक्ष

२. इश्वर पोखरेल, महासचिव

३. प्रदिप ज्ञवाली, सचिव

४. पृथ्वी सुब्बा गुरुङ, सचिव

५. विष्णु पौडेल, उपमहासचिव

स्थायी कमिटी सदस्य

६. शंकर पोखरेल

७. सत्यनारायण यादव

८. सुवास नेम्वाङ

९. विष्णु रिमाल

माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१. माधवकुमार नेपाल, वरिष्ठ नेता

२. झलनाथ खनाल, वरिष्ठ नेता

३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष

४. भिम रावल, उपाध्यक्ष

५. युवराज ज्ञवाली, उपाध्यक्ष

६. घनश्याम भुषाल, उप महासचिव

७. भिम आचार्य, सचिव

स्थायी कमिटी सदस्य

८. सुरेन्द्र पाण्डे

९. मुकुन्द न्यौपाने

१०. रघुजि पन्त

११. बेदुराम भुषाल

१२. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

तटस्थ

१. बामदेव गौतम, उपाध्यक्ष

२. गोकर्ण विष्ट, सचिव

३. योगेश भट्टराई, सचिव

(एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित पदाधिकारी)



प्रतिक्रिया दिनुहोस्

Screenshot