Logo

नेपाली राष्ट्रिय टिम आज राती इराक प्रस्थान गर्दै



काठमाडौं, जेठ ११। इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज इराक प्रस्थान गर्ने लागेको हो । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्ने बताइएको छ ।

ईराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । बसरा अन्तराष्ट्रिय मैदानमा हुने खेलमा नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।



प्रतिक्रिया दिनुहोस्