Logo

पार्टीबाट निश्काषन गरिएपछि ओलीमाथि खनिए भीम रावल : ओलीले देशमाथि घात गरे (भिडिओसहित)



काठमाडौं, ११ जेठ । नेकपा (एमाले) बाट निश्काषनमा परेका नेता भीम बहादुर रावलले अवैध कमिटीको अवैध अध्यक्षले गरेको निर्णयको कुनै अर्थ नहुने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केपी ओलीले सक्ने भए यो देशका सबै नागरिकलाई नै निश्काषन गर्ने पनि बताए । उनले राजनीति आफूहरुले देश र जनतालाई गरेको भन्दै ओलीले गरेको कारबाहीले केही नहुने पनि टिप्पणी गरे । उनले आफूहरुले केपी ओलीबाट राजनीति आरम्भ नगरेको पनि जिकिर गरे । माधव नेपालले एमाले पार्टी निर्माण गरेको रावलले सुनाए ।

तर, आज माधव नेपालजस्तो वरिष्ठ नेतालाई निश्काषन गरिनु हाँस्यस्पद भएको उनको टिप्पणी छ । उनले आफूहरु अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेर एउटा निश्कर्षमा पुग्ने विश्वास दिलाए । उनले प्रधानमन्त्री ओलीलाई निरंकुश र तानाशाहको संज्ञा दिए । उनले अहिलेसम्म आफूहरुले पार्टी गठन गरिनसकेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्