Logo

प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने समाचार शुभ संकेत होईन : डा. भट्टराई



काठमाडौं, ११ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा प्रधानन्यायाधीशलाई आफ्नो निवासमा बोलाउनु र विदेशी दूतले पटक पटक भेट्नु लोकतन्त्रका लागि शुभसंकेत नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले हिजो मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भेटेको भन्ने समाचार आएपछि डा. भट्टराईले यस्तो बताएका हुन् । उनले लेखेका छन्-“प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!”



प्रतिक्रिया दिनुहोस्