Logo

अन्तिम संस्कार गरेको ९ दिनमा जिउदै बाबु घरमा आएपछि भुत भन्दै भागे छोरा



एजेन्सी, ११ जेठ । भारतको राजसमंद जिल्लामा आश्चर्य लाग्दो घटना भएको छ । जसको मृत्यु भएको भन्दै परिवारहरुले अन्तिम संस्कार गरेका थिए, उही व्यक्ति ९ दिनपछि घरमा जिउदै आएका छन् । उनी मरेको भनेर परिवारले पोस्टमार्टम नगरी शवको अन्त्येस्टि गरेको थिए ।

गाडोलियाका लुहारेका परिवार रोडको किनारमा वर्षौदेखि बस्दै आएका छन् । औकारलाल गाडोलिया पनि परिवारसँग गाडोलियामा बस्दै आएका थिए । दश दिन अगाडी १२ मे मा प्रहरीले रोड किनारमा एक वेशारिशे लाश भेट्टाएको थियो । जसको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि औकारलालको भाइले तीन दिनपछि उक्त शव आफ्नो दाजु भएको बताए र प्रहरीले बिना पोस्टमार्टम शवको दाहसस्कार गर्न दियो । परिवारले १५ मे मा परम्परागत तरिकाले अन्तिम सस्कार गरे । उनका तीन छोराले कपाल मुन्डन गरे ।

अन्तिम संस्कारको नौ दिनको दिनमा अचानक औकारलाल घरमा आएपछि कान्छो छोरा डराएर भागे । पत्नीले श्रीमान चिनेर कपडा लगाइदिइन् । उनी जिउदै देखेर परिवारमा खुशी छाएको छ ।

औंकारलालको अनुसार १२ मे मा उनी उदयपुर गएका थिए । स्वास्थ्यमा समस्या आएपछि महाराणा भुपाल चिकित्सालयमा जाँच गराए । उनले धेरै रक्सी पिउने भएकोले लिवर खराब भएका भन्दै एमबी अस्पतालले भर्ना लियो । स्वास्थ्य अवस्था सुध्रिएपछि उनी घर फर्किएका थिए । Photo- Daink jagaran



प्रतिक्रिया दिनुहोस्