Logo

गोकुल बाँस्कोटाको प्रश्न : एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पूनःस्थापनाको माग गरेको होला ?



काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पूनःस्थापनाको माग गरेको भन्दै प्रश्न उठाएका छन् । उनले माधव नेपाललाई लक्षित गरेर ट्विटरमार्फत यस्तो प्रश्न सोधेका हुन् । नेता बाँस्कोटाले अदालतले निर्दल घोषणा गर्छ र ? भन्ने पनि प्रश्न गरेका छन् । हिजोमात्रै विपक्षी गठबन्धनका १४६ जना सांसदहरु सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै रिट हालेका छन् ।

बाँस्कोटाले लेखेका छन्-“एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुनस्थापनाको माग गरेको होला? अदालतले निर्दल घोषणा गर्छ र ?तिनिहरु कुन दलका सांसदका रुपमा रहलान? हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथिवीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ।पार्टी भक्ति त तुहियो।”



प्रतिक्रिया दिनुहोस्