Logo

प्रमुख नेताहरुको बढ्दो घेरावन्दीले ओलीप्रति नै सर्वसाधारणको सहानुभूती बढ्दो छ : शंकर पोखरेल



काठमाडौं, ११ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नै सर्वसाधारणको सहानुभूति बढिरहेको दाबी गरेका छन् । सामािजक सञ्जाल फेशबुकमार्फत पोखरेलले यस्तो धारणा राखेका हुन् ।

उनले अहिले ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत रहेको पनि स्मरण गराएका छन् । उनले लेखेका छन्-‘अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो ।त्यतिवेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो । मुलुक वहुआयामिक द्वन्द्वको शिकार वन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिड्न लागिरहेको भान भइरहेको छ ।’

 

पोखरेलले अघि भनेका छन्-“प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टी भित्र र वाहिरका शक्तिहरु जसरी एक ठाउ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । वरु प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूती वढ्दो छ । आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् । दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपीशर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही वाटोमा अघि वढौ ।”



प्रतिक्रिया दिनुहोस्