Logo

बादललाई पराजित गरेका डा. खिमलाल देवकोटा प्रचण्ड निवासमा, प्रचण्डले दिए बधाई



काठमाडौं, ११ जेठ । बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका डा. खिमलाल देवकोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । आज दाहालको निवास पुगेर देवकोटाले भेटेका हुन् । भेटको क्रममा अध्यक्ष दाहालले संघीयताको पक्षमा योगदान गर्ने अपेक्षा लिएका थिए ।

उक्त भेटबारे जानकारी दिँदै बाग्मती प्रदेशका माओवादी केन्द्रका सांसद युवराज दुलालले भने-“आज अध्यक्ष कमरेड प्रचण्डबाट राष्ट्रिय सभा उपनिर्वाचनमा निर्वाचित मा.खिमलाल देवकोटालाई बधाइ तथा शुभकामना दिनुभएको छ । यस क्रममा संघीयताका पक्षमा योगदानको अपेक्षा अध्यक्ष कमरेडले राख्नुभएको छ र मा. खिमलालबाट आफू संबिधानप्रदत्त जनताका अधिकार र संघीयता पक्षमा सदैव दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।”



प्रतिक्रिया दिनुहोस्