Logo

अमेरिकी विदेशमन्त्री इजरायलमा



११ जेठ: संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पु¥याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल आइपुगेका छन् ।

उनले एक दशकभन्दा बढी समयसम्म अबरूद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आएका हुन् । प्यालेस्टिनी विभाजन तथा इजरायली कट्टरपन्थी नेतृत्वका कारण जेरूशेलम र वरपरको पवित्र धार्मिक स्थलहरूमा एक दशकभन्दा लामो समयदेखि शान्ति प्रक्रियाका लागि जटिल समस्या बनेको बिषयलाई मिलाउन सहजीकरण गर्ने बताइएको छ ।

केही दिन पहिले रोकिएको ११ दिन लामो गाजा द्वन्द्वका कारण २५० व्यक्तिले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश प्यालेष्टिनी परेका र इजरायली तथा प्यालेष्टिनी पक्षबीच भउका रकेट आक्रमणका कारणकम्तीमा १०० महिला तथा बालबालिकासमेतको मृत्यु भएको थियो । दोहोरो युद्धमा गरीव समुद्री तटवर्ती इलाकामा व्यापक भौतिक संरचनाको समेत विनाश भएको थियो । ब्लाइन्केनले इजरायल र पश्चिमी देशहरूले आतंकवादी ठान्ने गाजाका अतिवादी हमास शासकहरू संलग्न नगरी पुनर्निर्माण समन्वयमा ध्यान केन्द्रित गर्ने अपेक्षा राखिएको छ ।

शुक्रबारदेखि बार्यान्वयनमा आएकोे युद्धविराम सम्झौताले अझै कुनै पनि अन्तर्निहित मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको धारणा आइराखेका समय भएको अमेरिकी विदेशमन्त्री ब्लाइन्केनको भ्रमण लाई गाजा क्षेत्रमा द्वन्द्व अन्त्य गर्ने प्रयासका रूपमा लिइएको छ ।

वर्तमान् अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि मध्यपूर्व पुग्ने ब्लाइन्केन पहिलो उच्च पदस्थ अमेरिकी अधिकारी छन् ।

जो बाइडेनको आगमनसँगै यस क्षेत्रको जटिल समस्याबाट अमेरिकालाई बाहिर राख्ने र जलबायु परिवर्तनको मुद्दा र चीनसँगको प्रतिस्पर्धामा केन्द्रित हुने आशा गरिरहेका समय इजरायलले गाजामा गरेको आक्रमणपछि आफ्ना धेरै पूर्ववर्तीहरूजस्तै बाइडेन पनि पनि मध्य पूर्वमा व्याप्त हिंसाको अर्को संस्करणमा तानिएका छन् ।

अमेरिकी विदेशमन्त्री इजरायलबाट आफ्नो यात्रा सुरु गरेका छन् । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू दुई बर्षमा चौथो निर्णायक निर्वाचन पछि आफ्नो राजनीतिक जीवनको लागि लडिरहेका समय इजरायली ठूलो समूहबाट कडा आलोचना खेपिरहेका नेतान्याहूसँग भेट्ने कार्यक्रम रहेको छ । नेतन्याहुलाई इजरायली कट्टरवादी समूहहरूले प्यालेस्टेनी आक्रमणलाई निस्तेज पार्न वा गाजाका कट्टरपन्थी हमास शासकहरूलाई भारी चोट नपु¥याएको समेत आरोप लागेको छ ।

जरूशलेमको इजरायली प्रहरी र प्यालेस्टाइन प्रदर्शनकारीबीच अल–अक्सा मस्जिद परिसर र यसका वरिपरिको इलाकामा हप्तौंसम्म चलेको झगडाले यो युद्धलाई निम्त्याएको थियो । इजरायलले मुसलमानको पवित्र रमजान महिनामा उक्त क्षेत्रमा बसोबास गर्ने यहूदी बस्तीले दर्जनौं प्यालेस्टिनी परिवारलाई धम्की दिएको भन्दै पछिल्लो युद्धको सुरूवात भएको थियो ।

नेतान्याहूले अल–अक्सा वा बेदखलीहरूसम्बन्धी कुनै सार्वजनिक सहुलियतहरू लिने सम्भावना छैन किनकि यो हमासको मागलाई मानेको जस्तो देखिन्छ ।

ब्लाइन्केनले छिमेकी इजिप्ट र जोर्डनको पनि भ्रमण गर्ने कार्यक्रम छ । शुक्रबार भएको युद्धविरामपछि पनि कतिपय हिंसात्मक घटना भइरहेका समय अमेरिकी विदेशमन्त्रीको आवागमनलाई महत्वकासाथ लिइएको छ ।-एपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्