युवा ज्योतिष तथा नायक हरिहरको बुवाको निधन


काठमाडौं, ११ जेठ । युवा ज्योतिष तथा नायक हरिहर अधिकारीको बुवाको कोरोना संक्रमणबाट निधन भएको छ ।

उनका बुवा राम बहादुर अधिकारीको कारोना संक्रमणबाट हिजो निधन भएको हो । अधिकारीको कोरोना संक्रमण देखिएपछि केही दिन अगाडीबाट नेशनल अस्पताल कलंकीमा उपचार भैरहेको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।