Logo

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच रातको ११ बजेसम्म भेट भएको हो ?



काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले मुद्दा दायर गरेको राति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न निवासमै छिरेको विषय निकै चर्चामा आएको छ । १० जेठको राति सवा घन्टा भेट भएको र ओलीले नै गाडी पठाएर डाकेको भन्ने खबरले तरंग नै ल्यायो ।

पछिल्लो समय प्रधानमन्त्री ओली र प्रधान्यायाधीश राणाबीच निकै सुमधुर सम्बन्ध रहेको र राजनीति त्यसै अनुसार बढेको विषय बाहिर आइरहँदा यस्तो भेटको चर्चा चलेको हो । तर, सर्वोच्च अदालतले भेटको खबरको खण्डन गरेको छ । सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्तिमार्फत् भेटको खबरमा कुनै सत्यता नभएको बताएका छन् । उनले अदालतमा दर्ता हुन आएको कुनै विवादसँग जोडेर न्याय सम्पादको कार्यलाई प्रतकिूल प्रभाव पार्न खोजिएको टिप्पणी समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्