Logo

नेप्से आज ६ अंकले घट्दा ११ अर्ब १३ करोडको कारोबार



काठमाडौं, ११ जेठ । साताको कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  ६ अंकले आरालो लागेको छ । नेप्से ०. २३ प्रतिशत अर्थात ६.५० अंकले नेप्से घट्दा आज परिसुचक १८ सय १७ दशमलव ५६ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४.५१ अंकले घटेर ५०३ दशमलव ९९ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचक अनुसार आज २१९ कम्पनीको १ लाख १२ हजार १४८ पटक कारोबार भएर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर खरिद विक्रि भएको छ । मंगलबार ५ उपसमुहको बाहेक अन्य ८ समुहको परिसुचक घटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्