Logo

जेठ २ अघिको स्थितिमा ल्याउन विष्णु पौडेल लाग्दा ओली किन मानेनन्



काठमाडौं, ११ जेठ । नेकपा एमाले एकताका लागि अन्तिम प्रयास हुँदा जेठ २ २०७५ को अवस्थामा पार्टीलाई ल्याउन अध्यक्ष केपी शर्मा ओलीनिकट केही नेताहरु नै लागेका थिए । उनीहरु त्यही पक्षमा लागेर मध्यमार्गी बाटो खोज्दै थिए ।

भीम रावलले पनि विष्णु पौडेलले २ जेठ २०७५ को अवस्थामा एमालेलाई ल्याउने पक्षमा आफू रहेको बताएको खुलासा गरेका छन् । २८ फागुनको निर्णयलगायत फागुन २३ यताका सबै निर्णयहरु बदर गर्ने र स्थायी कमिटी गर्ने पक्षमा समेत पौडेलले आफूलाई प्रस्तुत गरेका थिए ।

माधव नेपाल पक्षले पनि यही माग गरेको थियो । तर, ओली यसमा सहमत भएनन् । नवौं महाधिवेशनपछिको निर्वाचित पदाधिकारी र स्थायी कमिटीलाई पुर्नजिवित गरेमा उनी अल्पमतमा पर्न सक्थे । त्यसैले पनि उनी तयार भएनन् । पदाधिकारी र स्थायी कमिटीमा ओली पक्ष अल्पमतमा थियो ।



प्रतिक्रिया दिनुहोस्