Logo

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी



काठमाडौं, ११ जेठ । आज शेयर बजार (नेप्से) परिसूचक ६ दशमलव ५० अंकले घट्दा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा बढी अरुण कावेली पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । प्रतिकित्ता शेयरमुल्य ३१ रुपैयाँले बढेर ४२१ रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार ३३ करोड ७ लाख रुपैयाँ भन्दा बढीको भएको छ । कम्पनीको शेयर मुल्य ७७ रुपैयाँले बढेर १४ सय ३२ रुपैयाँमा कायम भएको छ । त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटि, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार उच्च भएको हो ।



प्रतिक्रिया दिनुहोस्