Logo

ओलीविरुद्ध रणनीति बनाउन विपक्षी गठबन्धन छलफलमा, माधव नेपाल आक्रामक



काठमाडौं, ११ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध थप रणनीति बनाउने बुझिएको छ। हिजोमात्रै, विपक्षी गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न रिट दायर भएको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निश्काषनमा परेका माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी छन् । उनीहरुले संसद् विघटनविरुद्ध कानूनी र राजनीतिक लडाई लड्ने घोषणा गरिसकेका छन् ।

विपक्षी गठबन्धनले कोरोना महामारीलाई ध्यानमा दिएर सडक आन्दोलन भने नगर्ने भनेको छ । तर, विपक्षी गठबन्धननिकट भातृ संगठनले भने पार्टीको निर्देशनविपरित बेग्लाबेग्लै सडक आन्दोलन सुरु गरेका छन् । काठमाडौंमा नेविसंघले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका छन् ।

केपी ओलीलाई ठूलो गद्दारको संज्ञा दिँदै माधव नेपालले भने-प्रतिगामी ओली सरकारलाई बढार्ने दायित्व आईपरेको छ (अपिलसहित)

ओलीलाई सत्ताच्युत गर्नको लागि सबभन्दा बढि आक्रामक देखिएका छन् । उनले आजमात्रै पनि ओली सरकारलाई प्रतिगमनको संज्ञा दिएका छन् । र, ओली सरकारलाई अब बढार्नुपर्ने दायित्व आएको भन्दै सबैलाई एकजुट भएर ओलीविरुद्ध उभिन अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्