Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ११ जेठ । अवैध लागूऔषध सहित एक पुरुष पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१७ अलौ बस्ने ५० वर्षीय शेष सम्सोदिनलाई १ सय एमएलको ८८ पिस नियन्त्रित लागूऔषध ओनेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरको कम्पाउण्डमा बोरामा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot