Logo

२० जेठसम्म लम्ब्याइएको निषेधाज्ञा झन् कडा, आवतजावतमा समेत रोक (आदेशसहित)



काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुले २० जेठको मध्यारातिसम्मका लागि निषेधाशा लम्बाउने आदेश जारी गरेका हुन् ।

१३ जेठमा निषेधाज्ञा सकिन लागेपछि आज बैठक बसी लम्ब्याउने निर्णय भएको हो । यसपटक निषेधाज्ञा कडा बनाइएको छ ।

अत्यावश्यकबाहेक आवतजावत समेत बन्द गर्ने निर्णय भएको छ । मर्निङ वाक र इभिनिङ वाक बन्द गर्ने आदेशमा उल्लेख छ ।

भीडभाड हुने क्रियाकलाप गर्न पाइनेछैन । विवाह ब्रतबन्ध बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्ड पालना गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्न पाइनेछ ।



प्रतिक्रिया दिनुहोस्