Logo

उपचारमा ढिलाइ गर्नेलाई छुट छैनः प्रधानमन्त्री



काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने ‘जो कसैलाई छुट नभएको’ बताएका छन् । जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको उनले बताएका हुन् ।

कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समिति अध्यक्षसमेत रहेका ओलीले ‘जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न’ सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्