Logo

प्रतिनिधिसभा पूनःस्थापना हुनेमा पूर्व न्यायाधीश बलराम केसी विश्वस्त, सुनाए यस्तो आधार (भिडिओसहित)



काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रतिनिधिसभा पूनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । केसीले संविधानप्रति कटिबद्ध भएको सरकारले अदालतलाई प्रत्यक्ष चूनौति दिने किसिमले प्रतिनिधिसभा विघटन गर्नु हुँदैनथियो भन्ने धारणा राखे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

केसीले भने-“कानूनी शासनमा स्वतन्त्र अदालतले संसद् विघटन गर्न पाईँदैन भनेर पूनःस्थापना गर्दागर्दै त्यो फूल टेक्स्ट पनि नआईकन फेरि संसद् विघटन गर्नु चाहीँ सरकारको ज्यादती भयो । सरकारले सिमा नाघ्यो ।” उनले प्रधानमन्त्री केपी शर्मा ओलीले म नै सरकार बनाउँछु, मलाई समर्थन गर होईन भने संसद् विघटन गरिदिन्छु भनेर सार्वजनिक रुपमै धम्की दिएको भन्दै आलोचना गरे । उनले देश प्रक्रिया, संविधान, नजिर र संविधानको व्याख्याबाट चल्ने भन्दै घरव्यवहार चलाएजस्तो कुरा नभएको पनि तर्क गरे । संसदविहीनता गरिदिएकोले विगतमा खिलराज रेग्मीले सरकारमा जानु परेको भन्दै अहिलेपनि संसदविहीनता भयो भने अर्को खिलराज रेग्मी नजन्मिएला भन्न नसकिने पनि उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्