Logo

केपी ओलीले बेइमानी गरे, संसारमा यस्तो राजनीतिक जघन्य अपराध सायद भएको छैन होला : रामनारायण बिडारी (भिडिओसहित)



काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्टियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत मनशायले चुनावको मिति घोषणा गरेको र संसद् विघटन गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘प्राइम इस्यु’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीले त संसदबाट विश्वास नपाएको अवस्थामा फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गलत भएको पनि टिप्पणी गरे । उनले शेरबहादुर देउवाले सांसदको हैसियतले धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेको पनि सुनाए । तर, प्रधानमन्त्रीले बेईमानी गरेको उनको आरोप छ ।

उनले गत फागुन ११ गतेको आदेशकै उल्लंघन गरेर प्रधानमन्त्रीले फेरि संसद् विघटन गर्नु भनेको राजनीतिक अपराध भएको पनि टिप्पणी गरे । उनले भने-“संसारकै इतिहासमा यस्तो प्रकारको निकृष्ट, जघन्य, राजनीतिक अपराध सायद कुनै देशमा भएको छैन होला । एउटै प्रधानमन्त्रीले दुई महिनाको बीचमा दुई पटक अदालतको आदेशको विरुद्धमा समेत लत्याएर फेरि संसद् विघटन गर्न पाईन्छ ?”



प्रतिक्रिया दिनुहोस्